भस्म दलेर शम्भु तिमीले
जीवनको रूप देखायौ
भस्म दलेर शम्भु तिमीले
जीवनको रूप देखायौ
विष धर धारी प्रेमको महिमा
कण्ठमा बेरी बतायौ
जीवन मरणको रूप लिएर माया मोह चिनायौ
जीवन मरणको रूप लिएर माया मोह चिनायौ
शीशमा गंगा बोकी शम्भो
शीशमा गंगा बोकी शम्भो शान्तिको मार्ग दिखायौ
भस्म दलेर शम्भु तिमीले
जीवनको रूप देखायौ
विष धर धारी प्रेमको महिमा
कण्ठमा बेरी बतायौ
जटासरी छ जटिल यो महिमा मायाजाल बुझायौ
जटासरी छ जटिल यो महिमा मायाजाल बुझायौ
डमरु नाद बजाइ तिमीले
डमरु नाद बजाइ तिमीले ब्रह्मको रूप दिखायौ
भस्म दलेर शम्भु तिमीले
जीवनको रूप देखायौ
विष धर धारी प्रेमको महिमा
कण्ठमा बेरी बतायौ
कण्ठमा बेरी बतायौ
बेरी बतायौ
बेरी बतायौ
शब्दः
संगीतः नातिकाजी
स्वरः उदितनारायण झा