बरु पत्थरको निर्जीव………

बरु पत्थरको निर्जीव मूर्ती भएरै बाँचुँ
तर लाग्छ मन सधैँ नै यही अँँगालोमा बाँचुँ, बाँचुँ
बरु पत्थरको निर्जीव मूर्ती भएरै बाँचुँ
तर लाग्छ मन सधैँ नै यही अँँगालोमा बाँचुँ, बाँचुँ
बरु पत्थरको निर्जीव मूर्ती भएरै बाँचुँ

तिम्रा यी ओठहरूले छोई लगाए मात
बाँधिरहुन् मलाई हरदम यि तिम्रा हात
तिम्रा यि ओठहरूले छोई लगाए मात
बाँधिरहुन् मलाई हरदम यि तिम्रा हात
हारी दिएर बाजी म शिर झुकाउँदै छु
तिमी यो शिर अड्याउन छातीको छेउ देऊ
बरु पत्थरको निर्जीव मूर्ती भएरै बाँचुँ
तर लाग्छ मन सधैँ नै यही अँँगालोमा बाँचुँ, बाँचुँ
बरु पत्थरको निर्जीव मूर्ती भएरै बाँचुँ

तिम्रो यो तातो सासले उडायो होश हवास
यति नगिच नै छु तर दुर भए नि साथ
तिम्रो यो तातो सासले उडायो होश हवास
यति नगिच नै छु तर दुर भए नि साथ
बेहोस हुँदै तिमीमा म हराउन लागेको छु
तिमी युग युग मलाई सम्हाल्न साथ देऊ
बरु पत्थरको निर्जीव मूर्ती भएरै बाँचुँ
तर लाग्छ मन सधैँ नै यही अँगालोमा बाँचुँ, बाँचुँ
बरु पत्थरको निर्जीव मूर्ती भएरै बाँचुँ

शब्दः किरण खरेल
सङ्गीतः शिवशंकर मानन्धर
स्वरः तारा देवी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!