बरु पत्थरको निर्जीव मूर्ती भएरै बाँचुँ
तर लाग्छ मन सधैँ नै यही अँँगालोमा बाँचुँ, बाँचुँ
बरु पत्थरको निर्जीव मूर्ती भएरै बाँचुँ
तर लाग्छ मन सधैँ नै यही अँँगालोमा बाँचुँ, बाँचुँ
बरु पत्थरको निर्जीव मूर्ती भएरै बाँचुँ
तिम्रा यी ओठहरूले छोई लगाए मात
बाँधिरहुन् मलाई हरदम यि तिम्रा हात
तिम्रा यि ओठहरूले छोई लगाए मात
बाँधिरहुन् मलाई हरदम यि तिम्रा हात
हारी दिएर बाजी म शिर झुकाउँदै छु
तिमी यो शिर अड्याउन छातीको छेउ देऊ
बरु पत्थरको निर्जीव मूर्ती भएरै बाँचुँ
तर लाग्छ मन सधैँ नै यही अँँगालोमा बाँचुँ, बाँचुँ
बरु पत्थरको निर्जीव मूर्ती भएरै बाँचुँ
तिम्रो यो तातो सासले उडायो होश हवास
यति नगिच नै छु तर दुर भए नि साथ
तिम्रो यो तातो सासले उडायो होश हवास
यति नगिच नै छु तर दुर भए नि साथ
बेहोस हुँदै तिमीमा म हराउन लागेको छु
तिमी युग युग मलाई सम्हाल्न साथ देऊ
बरु पत्थरको निर्जीव मूर्ती भएरै बाँचुँ
तर लाग्छ मन सधैँ नै यही अँगालोमा बाँचुँ, बाँचुँ
बरु पत्थरको निर्जीव मूर्ती भएरै बाँचुँ
शब्दः किरण खरेल
सङ्गीतः शिवशंकर मानन्धर
स्वरः तारा देवी