बादल हटाएँ जून भेटिएन
मनको अँध्यारो कहिलै मेटिएन
कस्तो हो माया केही थाहा भएन
बादल हटाएँ जून भेटिएन
रोई रोई भन्थ्यौ साथ छाड्ने छैन
घामबिना जूनको जुनी पूरा हुन्न
रोई रोई भन्थ्यौ साथ छाड्ने छैन
घामबिना जूनको जुनी पूरा हुन्न
किन तिमीभित्र मेरो ठाउँ रहेन
बादल हटाएँ जून भेटिएन
म त चुप रहुँला आँशुले के भन्ला
तिमी बस्ने यो मन उजाडिँदै रोला
म त चुप रहुँला आँशुले के भन्ला
तिमी बस्ने यो मन उजाडिँदै रोला
आफैलाई भुलाउने संसार रहेन
बादल हटाएँ जून भेटिएन
मनको अँध्यारो कहिलै मेटिएन
कस्तो हो माया केही थाहा भएन
बादल हटाएँ जून भेटिएन
शब्दः आनन्द अधिकारी
सङ्गीतः कमल परियार
स्वरः योगेश वैद्य