बाँचिदिन्छु तिम्रै निम्ति
बाँचिदिन्छु तिम्रै निम्ति
मरिदिन म सक्दिनँ
लाखौ बाचा यो पिरतिको
सबै निभाउन सक्दिनँ
बाँचिदिन्छु तिम्रै निम्ति
संसारसम्म दिन सक्छु म
वैकुण्ठ दिन त सक्दिनँ
संसारसम्म दिन सक्छु म
वैकुण्ठ दिन त सक्दिनँ
उजियालीदेखि डर लाग्छ भने
म घाम डुबाउन सक्दिनँ
उजियालीदेखि डर लाग्छ भने
म घाम डुबाउन सक्दिनँ
निहुरी दिन्छु धर्तीसम्मै
निहुरी दिन्छु धर्तीसम्मै
तर शीर टेकाउन सक्दिनँ
लाखौ बाचा यो पीरतिको
सबै निभाउन सक्दिनँ
बाँचिदिन्छु तिम्रै निम्ति
मायाले सिँगारी राखुँला
ताराले सिँगार्न सक्दिनँ
मायाले सिँगारी राखुँला
ताराले सिँगार्न सक्दिनँ
मेरो मायाको साक्षी दिन तिमीलाई
ताज बनाउन सक्दिनँ
मेरो मायाको साक्षी दिन तिमीलाई
ताज बनाउन सक्दिनँ
यी सत्यहरू मान्दिनौ भने
यी सत्यहरू मान्दिनौ भने
दिल चिरी देखाउनु सक्दिनँ
बाँचिदिन्छु तिम्रै निम्ति
मरिदिन म सक्दिनँ
लाखौ बाचा यो पीरतिको
सबै निभाउन सक्दिनँ
बाँचिदिन्छु तिम्रै निम्ति
शब्द/संगीत/स्वरः गोपाल योञ्जन