अलि अलि आँशु पिएर बाँचेँ
अलि अलि हाँसो लिएर बाँचेँ
टुटे फुटेको मुटु थियो
अलि अलि सिएर बाँचेँ
टुटे फुटेको मुटु थियो
अलि अलि सिएर बाँचेँ
अलिकति तिम्रो यादले बाँचेँ
अलिकति तिम्रो यादले बाँचेँ
अलिकति तिम्रो विश्वासले बाँचेँ
मनको पीर बल्झिदिँदा
मनको पीर बल्झिदिँदा
मनको पीर बल्झिदिँदा
मनको पीर बल्झिदिँदा
अलिकति हो.. पिएर बाँचेँ
अलिकति हो.. पिएर बाँचेँ
अलि अलि आँशु पिएर बाँचेँ
अलि अलि हाँसो लिएर बाँचेँ
अलिकति तिम्रो सन्तापले बाँचेँ
अलिकति तिम्रो सन्तापले बाँचेँ
अलिकति तिम्रो वाचाले बाँचेँ
मनमा माया अल्झिदिँदा
मनमा माया अल्झिदिँदा
मनमा माया अल्झिदिँदा
मनमा माया अल्झिदिँदा
अलि अलि हो… आशाले बाँचेँ
अलि अलि हो… आशाले बाँचेँ
अलि अलि आँशु पिएर बाँचेँ
अलि अलि हाँसो लिएर बाँचेँ
शब्दः प्रकाश घिमिरे
संगीतः कल्याण आले
स्वरः शिव परियार