आभाष आउँछ तिम्रो कता कता
सुनसान रातमा दिउँसो बिरानमा
आभाष आउँछ तिम्रो कता कता
सुनसान रातमा दिउँसो बिरानमा
स्वप्निल रङ्गमा रङ्गेकी तिमी
स्वर्गकी परी हौ कि
स्वप्निल रङ्गमा रङ्गेकी तिमी
स्वर्गकी परी हौ कि
बिर्सेको छैन अनुहार तिम्रो
निधारमा छरिएका केशहरू
ओठमा लाली गाजलु आँखा
बोलीमा तिम्रो नशालु भाका
स्वप्निल रङ्गमा रङ्गेकी तिमी
स्वर्गकी परी हौ कि
स्वप्निल रङ्गमा रङ्गेकी तिमी
स्वर्गकी परी हौ कि
यादमा तिम्रो बिताएको छु
हजारौ अँधेरी रातहरू
खोजेर तिमीलाई रात र दिन
आफू आफैमा हराइसकेँ
स्वप्निल रङ्गमा रङ्गेकी तिमी
स्वर्गकी परी हौ कि
स्वप्निल रङ्गमा रङ्गेकी तिमी
स्वर्गकी परी हौ कि
आभाष आउँछ तिम्रो कता कता
सुनसान रातमा दिउँसो बिरानमा
आभाष आउँछ तिम्रो कता कता
सुनसान रातमा दिउँसो बिरानमा
स्वप्निल रङ्गमा रङ्गेकी तिमी
स्वर्गकी परी हौ कि
स्वप्निल रङ्गमा रङ्गेकी तिमी
स्वर्गकी परी हौ कि
शब्द/संगीतः भुपेन्द्र रायमाझी
स्वरः हरिश अमात्य