आकाश झुक्यो धर्ती उठ्यो
खेल हो कि मेल हो
तृष्णा मेट्ने पानी पाए
पिउने हो कि भेल हो
आकाश झुक्यो धर्ती उठ्यो
खेल हो कि मेल हो
तृष्णा मेट्ने पानी पाए
पिउने हो कि भेल हो
आकाश झुक्यो
यो जीवनको सार भए
सायद यही सार होला
मझधारको जीवनी
कुनै दिन त पार होला
यो जीवनको सार भए
सायद यही सार होला
मझधारको जीवनी
कुनै दिन त पार होला
कुनै दिन त पार होला
यो आकाङ्क्षा र यो उमङ्ग
घाम हो कि छायाँ हो
मेरै मात्र माया हो कि
उसको पनि माया हो
आकाश झुक्यो
यो जीवनको भुल भए
सायद यही भुल होला
रुनु हाँस्नु जिउनु मर्नु
यी सबै नै भुल होला
यो आकाङ्क्षा र यो उमङ्ग
घाम हो कि छायाँ हो
मेरै मात्र माया हो कि
उसको पनि माया हो
आकाश झुक्यो
आकाश झुक्यो धर्ती उठ्यो
खेल हो कि मेल हो
तृष्णा मेट्ने पानी पाए
पिउने हो कि भेल हो
पिउने हो कि भेल हो
पिउने हो कि भेल हो
शब्द/सङ्गीतः अम्बर गुरूङ
स्वरः शान्ति ठटाल