आगो पिएर बाँच्ने विवश मेरो कथा छ
जलेछु भित्रभित्रै छातीभरि व्यथा छ
आगो पिएर बाँच्ने विवश मेरो कथा छ
जलेछु भित्रभित्रै छातीभरि व्यथा छ
आगो पिएर बाँच्ने
मेरो संसार जहाँ आँशुका भेल हुन्छन्
मेरो हिँडाइ जहाँ काँडाहरू भरिन्छन्
मेरो संसार जहाँ आँशुका भेल हुन्छन्
मेरो हिँडाइ जहाँ काँडाहरू भरिन्छन्
चाहिन्न पानी चिसो पीडा पिएर बाँच्छु
चाहिन्न गाँस मीठो ज्वाला निलेर हिँड्छु
ज्वाला निलेर हिँड्छु
आगो पिएर बाँच्ने
मुस्कान ती शहरमा मैले नियाल्न खोजेँ
व्यथाहरू अरूका मैले स्याहार्न खोजेँ
मुस्कान ती शहरमा मैले नियाल्न खोजेँ
व्यथाहरू अरूका मैले स्याहार्न खोजेँ
आकाशलाई मनको विश्वास बगाई धोएँ
सम्भावना रहरका आशा कुल्चेर आएँ
आशा कुल्चेर आएँ
आगो पिएर बाँच्ने विवश मेरो कथा छ
जलेछु भित्रभित्रै छातीभरि व्यथा छ
आगो पिएर बाँच्ने
शब्दः जीवनाथ धमला
संगीतः नारायण रायमाझी
स्वरः लक्ष्मी बजगाईँ