फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छायाँ
फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छायाँ
जीवन मेरो सेती बगर बिना तिम्रो माया
जीवन मेरो सेती बगर बिना तिम्रो माया
फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छायाँ
अन्धकारमा तिम्रो तस्वीर कोर्दै हार खाएँ
अन्धकारमा तिम्रो तस्वीर कोर्दै हार खाएँ
बगरको पर्खाइमा बिसौ बहार गए
बगरको पर्खाइमा बिसौ बहार गए
फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छायाँ
कोइली चरी गाउन छाड्छे रानी वन डुल्दै
कोइली चरी गाउन छाड्छे रानी वन डुल्दै
सपना मेरो इन्द्रेणी बोक्छ विपना भुल्दै
सपना मेरो ईन्द्रेणी बोक्छ विपना भुल्दै
फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छायाँ
साउन झरी मेरै निम्ति उर्लेजस्तो लाग्छ
साउन झरी मेरै निम्ति उर्लेजस्तो लाग्छ
निष्ठुरीको माया अब बिर्सेजस्तो लाग्छ
निष्ठुरीको माया अब बिर्सेजस्तो लाग्छ
फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छायाँ
फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छायाँ
जीवन मेरो सेती बगर बिना तिम्रो माया
जीवन मेरो सेती बगर बिना तिम्रो माया
फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छायाँ
शब्दः दिनेश सुब्बा लोवा
सङ्गीतः शम्भुजीत बास्कोटा
स्वरः प्रकाश श्रेष्ठ