सत्य धर्मका खातिर…..

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥

सत्य धर्मका खातिर हरिले लिन्छन् धर्तीमा अवतार
अधर्म र अन्याय हटाइ हर्छन् पृथ्वीको अभिभार
सत्य धर्मका खातिर हरिले लिन्छन् धर्तीमा अवतार
अधर्म र अन्याय हटाइ हर्छन् पृथ्वीको अभिभार
सत्य धर्मका खातिर हरिले

जहिले उठ्दछ आँधी मोहको ढाकी सत्यको ज्योति तमाम
जहिले उठ्दछ आँधी मोहको ढाकी सत्यको ज्योति तमाम
अन्तर्यामी हरिले दिन्छन् हर प्राणीमा गीताको ज्ञान
योगेश्वरको शिक्षा यही हो गर आफैँ आफ्नो उद्धार
अधर्म र अन्याय हटाइ हर्छन् पृथ्वीको अभिभार
सत्य धर्मका खातिर हरिले

कहिले निर्गुण ब्रम्ह निरञ्जन सगुण कहिले सुधामय धाम
कहिले निर्गुण ब्रम्ह निरञ्जन सगुण कहिले सुधामय धाम
कौशल्याको नन्दन कहिले, कहिले यदुपति माधम श्याम
नटवर नागरको यो लीला चल्दछ सहज सदा अभिराम
अधर्म र अन्याय हटाइ हर्छन् पृथ्वीको अभिभार
सत्य धर्मका खातिर हरिले लिन्छन् धर्तीमा अवतार
अधर्म र अन्याय हटाइ हर्छन् पृथ्वीको अभिभार
सत्य धर्मका खातिर हरिले

शब्दः पुरूषोत्तम सापकोटा
सङ्गीतः शिवशङ्कर मानन्धर
स्वरः नूपुर भट्टचार्य

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, कार्तिक १३, २०८३
फेवातालको आँगनमा……..
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
Archives
Categories
Recent Posts
फेवातालको आँगनमा……..
बिहीबार, कार्तिक १३, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!