तिमीलाई रोजेको चुँडेली यो मन मेरो
पीर बोकी पलपलको बेहाल छ कठै मेरो
तिमीलाई रोजेको चुँडेली यो मन मेरो
पीर बोकी पल-पलको बेहाल छ कठै मेरो
तिमीलाई रोजेको
आउँछ्यौ कि सम्झी भनेर कुरी बसेँ देउराली
आउँछ्यौ कि सम्झी भनेर कुरी बसेँ देउराली आउँछ्यौ कि सम्झी भनेर कुरी बसेँ देउराली
हजारौँ दिन रात बिते, सपनाहरू लाखौँ टुटे
तर आए पीरैपीर बल्झिएर मनमा मेरो
लुकाउन खोज्दा पीर टुट्यो अझ यो मन मेरो
टुट्यो आज यो मन मेरो
तिमीलाई रोजेको
भुल्यौ भनी भुल्न खोजेँ सम्झेर तिम्रा आँखाहरू
भुलेर पनि भुल्नु खोजेँ तिम्रा रसिला खित्काहरू
भुल्यौ भनी भुल्न खोजेँ सम्झेर तिम्रा आँखाहरू
भुलेर पनि भुल्नु खोजेँ तिम्रा रसिला खित्काहरू
आए बितेका दिनहरू सजाएर महल पुरानु
उर्ले जमेका व्यथाहरू लुछेछन् यो मन मेरो
लुछेछन् यो मन मेरो
तिमीलाई रोजेको चुँडेली यो मन मेरो
पीर बोकी पल-पलको बेहाल छ कठै मेरो
तिमीलाई रोजेको
शब्दः पदम बहादुर राई
सङ्गीत/स्वरः शान्तनु कुमार लिम्बु