बादल बनि आकाश छुन्छ
घाम छेकी धर्ती छोप्छ
पानीको बाफसरि यो मनलाई खुल्न मन छ
मन लागे हिउ बन्छ
मन लागे बरफ जम्छ
पानीको बाफ बनि मलाई जिउन मन छ
बादल हुन मन छ, वर्षा हुन मन छ मलाई
पानी हुन मन छ
थोपा थोपा झरेसरि, टुक्रिएर धर्तीभरि
चुमी धरातल फेरि समेट्यौ र बनौँ नदी
अनि सागर भेटी उर्लिएर लहर हुनु छ
पानीको बाफ बनि मलाई जिउन मन छ
बादल हुन मन छ, वर्षा हुन मन छ मलाई
पानी हुन मन छ
वसन्तमा वर्षा बन्छ, शिशिरमा शीत बन्छ
झर्दा पातको अँगालोमा वर्षा सङ्गीत बन्छ
बहारले झरी भेट्दा फूल गीत गुन्गुनाउँछ
पानीको बाफ बनि मलाई जिउन मन छ
बादल हुन मन छ, वर्षा हुन मन छ मलाई
पानी हुन मन छ
शब्दः एकतारे
सङ्गीत/स्वरः शान्तिम कोइराला