सानो सामो जाली रुमाल कुरुसले बुन्नुहोस्
सानो सामो जाली रुमाल कुरुसले बुन्नुहोस्
यो छोरीको बिलौना सबले सुन्नुहोस्
यो छोरीको बिलौना सबले सुन्नुहोस्
छोरा जन्म्यो भन्ने सुन्दा सबैजना रमाउँछन्
छोरा जन्म्यो भन्ने सुन्दा सबैजना रमाउँछन्
छोरी जन्म्यो भन्ने सुन्दा मुटु कमाउँछन्
छोरी जन्म्यो भन्ने सुन्दा मुटु कमाउँछन्
दश भाइ छोरा जन्मे पनि एकै घरमा अटाउँछन्
दश भाइ छोरा जन्मे पनि एकै घरमा अटाउँछन्
एउटा छोरी जन्मदैमा डाँडा कटाउँछन्
एउटा छोरी जन्मदैमा डाँडा कटाउँछन्
छोरा जन्मे पाल्छ भन्ने अन्धविश्वास धारणा
छोरा जन्मे पाल्छ भन्ने अन्धविश्वास धारणा
छोरी जन्मे जानु पर्ने पराइ घरमा
छोरी जन्मे जानु पर्ने पराइ घरमा
छोरी माइत नअटाउने रैछ नीति नियम
छोरी माइत नअटाउने रैछ नीति नियम
अझै पनि यो नीतिले सुख दिएन
अझै पनि यो नीतिले सुख दिएन
पन्ध्र वर्ष नपुगुन्जेल हुर्काइ बढाइ पढाए
पन्ध्र वर्ष नपुगुन्जेल हुर्काइ बढाइ पढाए
पन्ध्र वर्ष पुगेपछि डोली चढाए
पन्ध्र वर्ष पुगेपछि डोली चढाए
आजसम्म दुःख गरे मेरै होला भनेर
आजसम्म दुःख गरे मेरै होला भनेर
आज मलाई जान पऱ्यो डाँडा गनेर
आज मलाई जान पऱ्यो डाँडा गनेर
पराईलाई आफ्नो गराइ जिम्मा दिएर
पराईलाई आफ्नो गराइ जिम्मा दिएर
सम्झी मलाई नरुनु है नाम लिएर
सम्झी मलाई नरुनु है नाम लिएर
सम्झी मलाई नरुनु है नाम लिएर
सम्झी मलाई नरुनु है नाम लिएर
सम्झी मलाई नरुनु है नाम लिएर
सम्झी मलाई नरुनु है नाम लिएर
सम्झी मलाई नरुनु है नाम लिएर
सम्झी मलाई नरुनु है नाम लिएर
शब्द सङ्कलनः लक्ष्मी पोखरेल
स्वरः लोचन भट्टराई, माया गुरूङ, कोमल ओली, लक्ष्मी पोखरेल र साथीहरू