फुल्छन् जसै
फुल्छन् जसै यो छातीमा घाउका राता फूलहरू
फुट्छन् उसै यी आँखामा आँशुका ताता मूलहरू
फुल्छन् जसै
कुहिरोको ओसमा निभ्छन् मेरा खुशीका झिल्काहरू
कुहिरोको ओसमा
कुहिरोको ओसमा निभ्छन् मेरा खुशीका झिल्काहरू
पहिरोको चोटमा दब्छन् मेरा हाँसोका खित्काहरू
फुट्छन् उसै यी आँखामा आँशुका ताता मूलहरू
फुल्छन् जसै
छेऊमा मेरा उम्रिदिन्छन् काँडाका बागहरू
छेऊमा मेरा उम्रिदिन्छन् काँडाका बागहरू
चर्केर आफैँ
चर्केर आफैँ
चर्केर आफैँ भत्किदिन्छन् मेरा किनारहरू
फुट्छन् उसै यी आँखामा आँशुका ताता मूलहरू
फुल्छन् जसै
शब्दः रत्न शम्शेर थापा
सङ्गीतः नातिकाजी
स्वरः योगेश वैद्य