देउरालीको पाखामा आज छोडी जाऊँला मायालु बिर्सी
चुडाइ लाने दैव आयो निष्ठुरी लैलै
अजम्बरी सम्झी मैले पिरतीलाई जीवन अर्पे
छोडी गए मन रोकूँ कसरी लैलै
भुल्ने छैन तिम्रो माया जोवनमा गाँसिएको
जहाँ गए रहला ममा तिम्रो मन साटिएको
फिर्किएको जोवन हाम्रो सधैँ सधैँ साथ बसी
नबिगार यो घरलाई बल्ल बल्ल सजिएको
नछोडी जाऊ आँखा मेरो रोएको लैलै
अजम्बरी सम्झी मैले पिरतीलाई जीवन अर्पे
छोडी गए मन रोकूँ कसरी लैलै
यो जीवनलाई बालिदिऊँला यो प्राणको साक्षी राखी
तिम्रै छायाँ वरिपरि यो साथ बिलाइजाला
नभनन मायालु मेरो यो मनलाई रुन नदेऊ
छोडी जान्छौ आज कहाँ विरहलाई राखी छेऊ
नछोडी जाऊ मन मेरो रोएको लैलै
देउरालीको पाखामा आज छोडी जाऊँला मायालु बिर्सी
चुडाइ लाने दैव आयो निष्ठुरी लैलै
निष्ठुरी लैलै
निष्ठुरी लैलै
निष्ठुरी लैलै
निष्ठुरी लैलै
निष्ठुरी लैलै
शब्दः
सङ्गीतः
स्वरः अरूणा लामा र जितेन्द्र बर्देवा