कति बुझाऊँ यो दुनियाँलाई
कति भिजाऊँ यो आँखालाई
कति रोकूँ आँधी बतास
कति बाँधू यो जिन्दगी
कति बुझाऊँ यो दुनियाँलाई
पानी भए त सुकाइदिन्थेँ
आँशु नै हो र बहाइदिएँ
पानी भए त सुकाइदिन्थेँ
आँशु नै हो र बहाइदिएँ
ढुङ्गा भए त फुटाइ दिन्थेँ
मुटु नै हो र लुकाइ राखेँ
ढुङ्गा भए त फुटाइ दिन्थेँ
मुटु नै हो र लुकाइ राखेँ
कति बुझाऊँ यो दुनियाँलाई
कति भिजाऊँ यो आँखालाई
कति बुझाऊँ यो दुनियाँलाई
सपना भए त बिर्सिदिन्थेँ
विपना हो र आफैँ तर्सेँ
सपना भए त बिर्सिदिन्थेँ
विपना हो र आफैँ तर्सेँ
मूर्ति भए त तोडिदिन्थेँ
मान्छे नै हो र माया गरेँ
मूर्ति भए त तोडिदिन्थेँ
मान्छे नै हो र माया गरेँ
कति बुझाऊँ यो दुनियाँलाई
कति भिजाऊँ यो आँखालाई
कति बुझाऊँ यो दुनियाँलाई
शब्दः गोपाल योञ्जन
सङ्गीतः कर्म योञ्जन
स्वरः कुमार सुब्बा