हे फूल चुँडेर लाने हो
यहाँ माली रोएको देख्यौ कि
खुशी मिलन मनाउने हो
यहाँ बिछोड भएको देख्यौ कि
हे फूल चुँडेर लाने हो
यहाँ माली रोएको देख्यौ कि
खुशी मिलन मनाउने हो
यहाँ बिछोड भएको देख्यौ कि
हे फूल
माइतिघर, साथीसँगी सबैलाई सम्झी
माइतिघर, साथीसँगी सबैलाई सम्झी
डोली चढ्दा दुल्ही रुन्छे
डोली चढ्दा दुल्ही रुन्छे घुम्टोभित्र लुकी
हे फूल
पन्छी सबै उडेपछि गुँड रित्तै हुन्छ
पन्छी सबै उडेपछि गुँड रित्तै हुन्छ
यो माटोलाई छोडी गए
यो माटोलाई छोडी गए देउराली यहाँ रुन्छ
हे फूल चुँडेर लाने हो
यहाँ माली रोएको देख्यौ कि
खुशी मिलन मनाउने हो
यहाँ बिछोड भएको देख्यौ कि
हे फूल
शब्दः मान बहादुर मुखिया
सङ्गीतः कर्म योञ्जन
स्वरः कुमार सुब्बा