यो मन भन्छ…….

 

यो मन भन्छ कहिले छुट्दिनँ
यो मन भन्छ कहिले छुट्दिनँ
पिरतीमा हारै मान्दिनँ
पिरतीमा हारै मान्दिनँ
लज्जावती झारझैँ भए नि
लज्जावती झारझैँ भए नि
मगमगाउन कैले छाड्दिनँ
मगमगाउन कैले छाड्दिनँ
यो मन भन्छ

पन्छीहरू गीत गाउँछन् चिरबिर चिरबिर चिरबिर गरी
म पनि त गाउन छाड्दिनँ
पन्छीहरू गीत गाउँछन् चिरबिर चिरबिर चिरबिर गरी
म पनि त गाउन छाड्दिनँ
फूल फुल्छ बगैँचामा लहलह ढकमक गरी
म पनि त झुल्न छाड्दिनँ
म पनि त झुल्न छाड्दिनँ
यो मन भन्छ

तिम्रो रूप खुल्छ नजरमा ऐनाजस्तै टलटल गरी
म पनि हेर्न छाड्दिनँ
तिम्रो रूप खुल्छ नजरमा ऐनाजस्तै टलटल गरी
म पनि हेर्न छाड्दिनँ
तिमी मेरो जिन्दगानी
जुनी-जुनीभरको लागि
म सहारा बन्न छाड्दिनँ
म सहारा बन्न छाड्दिनँ
यो मन भन्छ कहिले छुट्दिनँ
पिरतीमा हारै मान्दिनँ
पिरतीमा हारै मान्दिनँ
लज्जावती झारझैँ भए नि
लज्जावती झारझैँ भए नि
मगमगाउन कैले छाड्दिनँ
मगमगाउन कैले छाड्दिनँ
मगमगाउन कैले छाड्दिनँ
मगमगाउन कैले छाड्दिनँ

शब्दः सिन्धु राणा
सङ्गीतः सचिन सिंह
स्वरः सङ्गीता प्रधान राणा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!