गाजलु आँखाले नहेर
छिनमै माया बसिजाला
छिनमै अर्को माया भईदेला
छिनमै मोहनी भईदेला
गाजलु आँखाले नहेर मलाई
तिम्रो त्यो नशालु माया सधैँको लागि विषालु होला
तिम्रो त्यो नशालु माया सधैँको लागि विषालु होला
त्यसैले तिमीले अरूलाई हेरेर मदेखि पर भईदेऊ
हेरेर मदेखि पर भईदेऊ
गाजलु आँखाले नहेर
छिनमै माया बसिजाला
छिनमै मोहनी भईदेला
छिनमै अर्को माया भईदेला
गाजलु आँखाले नहेर मलाई
तिम्रो त्यो मोहनी रूप कसैले सम्हाली रहेछ
तिम्रो त्यो मोहनी रूप कसैले सम्हाली रहेछ
त्यसैले मजस्तो पापीलाई सधैँभरि आँखा तरिदेऊ है
सधैँभरि आँखा तरिदेऊ है
गाजलु आँखाले नहेर
छिनमै माया बसिजाला
छिनमै मोहनी भईदेला है
छिनमै अर्को माया भईदेला
गाजलु आँखाले नहेर मलाई
शब्द/सङ्गीतः डायमण्ड सिंह
स्वरः मञ्जु सिंह