कति लिन्छौ परीक्षा मेरो……….

कति लिन्छौ परीक्षा मेरो भगवन, तिम्रै भरमा म हिँडिरहेछु
कति व्याकुल गराउँछौ मलाई भगवन, तिम्रै मायामा त भुलिरहेछु

कैले घाम लाग्दछ जगमा, कैले अँध्यारो रात पर्छ
कैले घाम लाग्दछ जगमा, कैले अँध्यारो रात पर्छ
फूल फुलेको देखिन्छ त कैले, कैले शीतको आँशु झर्छ
कति नाटकमा भुलाउँछौ भगवन, तिम्रै अभिनय गरिरहेछु
कति व्याकुल गराउँछौ मलाई भगवन, तिम्रै मायामा त भुली रहेछु

कति माया पिरती बस्छ यहाँ मन त्यसमा नै भुल्न थाल्छ
कति माया पिरती बस्छ यहाँ मन त्यसमा नै भुल्न थाल्छ
झरी र बादल योग-वियोग जीवनमा नित चल्न थाल्छ
कति अलमलमा राख्छौ भगवन, तिम्रै भार त बोकिरहेछु
कति लिन्छौ परीक्षा मेरो भगवन, तिम्रै भरमा म हिँडिरहेछु

शब्दः
सङ्गीतः
स्वरः भक्तराज आचार्य

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!