कसरी गयौ हे मेरा प्रभु

कसरी गयौ हे मेरा प्रभु छोडेर मलाई
कसरी सक्यौ हाँसेर बस्न भक्तलाई रुवाई
कसरी गयौ हे मेरा प्रभु छोडेर मलाई

मन्दिर पनि सुनसान भयो घण्ट नै बझ्दैन
दियो र बत्ती अँध्यारो भयो धूप पनि बल्दैन
तनको दियो निभेर गए मनको बालौँला
तनको दियो निभेर गए मनको बालौँला
दियोको तेल सकेर गए रगतले ……
कसरी गयौ हे मेरा प्रभु छोडेर मलाई
कसरी सक्यौ हाँसेर बस्न भक्तलाई रुवाई

दुनियाँ सबै देखिनै सकेँ जाल र झेलको
प्रभु नै अब जिन्दगी मेरो सुख र मेलको
दुनियाँ सब त्यागेर आएँ प्रभुकै शरणमा
दुनियाँ सब त्यागेर आएँ प्रभुकै शरणमा
विजय पाउन भक्तले आज प्रभुको चरणमा
कसरी गयौ हे मेरा प्रभु छोडेर मलाई
कसरी सक्यौ हाँसेर बस्न भक्तलाई रुवाई
कसरी गयौ हे मेरा प्रभु छोडेर मलाई

सङ्गीतः नातिकाजी
शब्द/स्वरः पुष्प नेपाली

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!