नसजाउन मलाई फूलमालाले
पुगिहाल्छ एउटा लुगा जिऊ ढाक्नलाई
नसजाउन मलाई फूलमालाले
केतुकी फूलझैँ पर गऱ्यौ जीवन छँदामा
देवताबाट बञ्चित पाऱ्यौ गरेर लाञ्छना
नबहाउन आँशु बाटो छेक्नलाई
पुगिहाल्छ एउटा शब्द कठै भनेको
नसजाउन मलाई फूलमालाले
संसारको मञ्चमा खेल्नु छ नाटक म र तिमी भई
को आफ्नो भन्नु को पर ठान्नु पाहुना सबै
नभुलन तिमी मायाको जालमा
जानु पर्छ सबै छोडी अन्तिम घडीमा
नसजाउन मलाई फूलमालाले
अन्तिम साथी बास यि मेरा बासझैँ बिर्सिदेऊ
माटोको मुनि निदाउँछु म त शान्तिको साथमा
रोपिदिए फूल मेरो चिहानमा
फुल्नेछु म फूल भई सुन त्यो ठाउँमा
नसजाउन मलाई फूलमालाले
नसजाउन मलाई फूलमालाले
शब्द/सङ्गीत/स्वरः माया ठकुरी