सपना हैन सिर्जना यहाँ गरेर देखाइ देऊ
कल्पना हैन निर्माण नयाँ भरेर देखाइ देऊ
सपना हैन सिर्जना यहाँ गरेर देखाइ देऊ
कल्पना हैन निर्माण नयाँ भरेर देखाइ देऊ
धर्तीभन्दा विशाल हुन्छ हृदय दुवार
आकाशभन्दा उज्यालो हुन्छ आशाको संसार
धर्तीभन्दा विशाल हुन्छ हृदय दुवार
आकाशभन्दा उज्यालो हुन्छ आशाको संसार
आफैले आज आकाश धर्ती जोडेर देखाइ देऊ
आफैले आज आकाश धर्ती जोडेर देखाइ देऊ
कल्पना हैन निर्माण नयाँ भरेर देखाइ देऊ
सपना हैन सिर्जना यहाँ गरेर देखाइ देऊ
कल्पना हैन निर्माण नयाँ भरेर देखाइ देऊ
सुनौला तिम्रा सपना भए खारेर झल्काइ देऊ
फूलको जस्तो सौन्दर्य भए सारेर हुर्काइ देऊ
सुनौला तिम्रा सपना भए खारेर झल्काइ देऊ
फूलको जस्तो सौन्दर्य भए सारेर हुर्काइ देऊ
आफ्नै सारा सिर्जना मूल खोलेर हेरिदेऊ
आफ्नै सारा सिर्जना मूल खोलेर हेरिदेऊ
कल्पना हैन निर्माण नयाँ भरेर देखाइ देऊ
सपना हैन सिर्जना यहाँ गरेर देखाइ देऊ
कल्पना हैन निर्माण नयाँ भरेर देखाइ देऊ
सपना हैन सिर्जना यहाँ गरेर देखाइ देऊ
शब्दः प्रेम विनोद नन्दन
सङ्गीतः नातिकाजी
स्वरः कमला श्रेष्ठ र भुवन चन्द