मेरी माया सधैँ खेल्छिन् छहराको सँग
ओठ पनि कति राम्रो लालुपाते रङ्ग
मेरी माया सधैँ खेल्छिन् छहराको सँग
ओठ पनि कति राम्रो लालुपाते रङ्ग
मेरी माया सधैँ खेल्छिन्
मेरी माया नाची हिँड्छिन् सधैँ वन पाखा
मेरी माया नाची हिँड्छिन् सधैँ वन पाखा
लाज मानी झुकाई दिन्छिन् नबोलेर आँखा
मेरी माया सधैँ खेल्छिन् छहराको सँग
ओठ पनि कति राम्रो लालुपाते रङ्ग
मेरी माया सधैँ खेल्छिन् छहराको सँग
ओठ पनि कति राम्रो लालुपाते रङ्ग
मेरी माया सधैँ खेल्छिन्
एकान्तमा जहाँ पनि मेरी माया हुन्छिन्
एकान्तमा जहाँ पनि मेरी माया हुन्छिन्
जताततै पनि मेरो लागि फूल छरिदिन्छिन्
मेरी माया सधैँ खेल्छिन् छहराको सँग
ओठ पनि कति राम्रो लालुपाते रङ्ग
मेरी माया सधैँ खेल्छिन् छहराको सँग
ओठ पनि कति राम्रो लालुपाते रङ्ग
मेरी माया सधैँ खेल्छिन्
शब्दः रविन्द्र शाह
सङ्गीतः दिपक खरेल
स्वरः मुरलीधर