उकाली चढौँला, ओराली झरौँला
सात भन्ज्याङ भने पनि त्यो पनि तरौँला
तिम्रै लागि हो भने ज्यानै दिइदिऊँला
तिम्रै लागि हो भने ज्यानै दिइदिऊँला
उकाली चढौँला, ओराली झरौँला
सात भन्ज्याङ भने पनि, त्यो पनि तरौँला
तिम्रै लागि हो भने ज्यानै दिइदिऊँला
तिम्रै लागि हो भने ज्यानै दिइदिउँला
भनौँ भने
भनौँ भने जिन्दगीमा धेरै रूप देखेँ
भनौँ भने जिन्दगीमा धेरै रूप देखेँ
तर मुटुभित्रै बस्ने तिमी मात्रै भेटेँ हो
जे भन्छ्यौ मानुँला, वाचा नि गरूँला
तामा तुलसी छोएर कसम नि खाऊँला
तिम्रै लागि हो भने ज्यानै दिइदिऊँला
तिम्रै लागि हो भने ज्यानै दिइदिऊँला
कहिले झरेँ
कहिले झरेँ तल तल, कहिले पुगेँ माथि
कहिले झरेँ तल तल, कहिले पुगेँ माथि
तिमी मात्रै भेटेँ मैले जिन्दगीको साथी हो
हिउँ नि टेकुँला, आगो नि छोऊँला
तपस्या नै गर्नुपरे, त्यो पनि गरूँला
तिम्रै लागि हो भने ज्यानै दिइदिऊँला
तिम्रै लागि हो भने ज्यानै दिइदिऊँला
उकाली चढौँला, ओराली झरौँला
सात भन्ज्याङ भने पनि, त्यो पनि तरौँला
तिम्रै लागि हो भने ज्यानै दिइदिऊँला
तिम्रै लागि हो भने ज्यानै दिइदिऊँला
तिम्रै लागि हो भने ज्यानै दिइदिऊँला
तिम्रै लागि हो भने ज्यानै दिइदिऊँला
शब्दः कृष्ण अविरल
सङ्गीतः उदय सोताङ
स्वरः उदय सोताङ र मनिला सोताङ