मैले मेरो माया टाढा टाढा छोडेर आएँ
मैले कतै आफैलाई बिर्सिएर आएँ, छोडेर आएँ
पूर्णिमाको चन्द्रमुनि एक्लो भएँ आज
क्षितिज पारि मनको चन्द्र एक्लो पारी आएँ, छोडेर आएँ
मैले मेरो माया
सगरमाथि आकाशमा एक्लो चन्द्र भन्छ
मिर्मिरेमा उषासँग भेट गर्ने मन छ
सगरमाथि आकाशमा एक्लो चन्द्र भन्छ
मिर्मिरेमा उषासँग भेट गर्ने मन छ
जताततै उसैलाई सम्झी सम्झी आएँ
क्षितिज पारि मनको चन्द्र एक्लो पारी आएँ, छोडेर आएँ
मैले मेरो माया
रातभरि अँध्यारोमा मन डुलाई आएँ
घरिघरि बाडुलीले माया बोलाई रहेँ
रातभरि अँध्यारोमा मन डुलाई आएँ
घरिघरि बाडुलीले माया बोलाई रहेँ
गह्रुङ्गो मन मन पानीले रुझाउँदै आएँ
क्षितिज पारि मनको चन्द्र एक्लो पारी आएँ, छोडी आएँ
मैले मेरो माया टाढा टाढा छोडेर आएँ
मैले कतै आफैलाई बिर्सिएर आएँ, छोडेर आएँ
पूर्णिमाको चन्द्रमुनि एक्लो भएँ आज
मैले मेरो माया
शब्दः नीर शाह
सङ्गीतः नातिकाजी
स्वरः प्रेमध्वज प्रधान