सबै थोक छ शहरमा मान्छे चाहिँ आधी भो
त्यही आधी मान्छे पनि मेसिनको लागि भो
सबै थोक छ शहरमा मान्छे चाहिँ आधी भो
त्यही आधी मान्छे पनि मेसिनको लागि भो
सबै थोक छ शहरमा
मान्छे सुत्न उठ्न छोड्यो खटन छ घडीको
मान्छे सुत्न उठ्न छोड्यो खटन छ घडीको
घण्टीभित्र सुन्नु पर्छ बोली सारा चरीको
ऋतु फिर्छ क्यालेण्डरमा भित्तो हुँदै गा’छ मन
सम्झे तन बेच्दै मान्छे किन्ने गर्छ यहाँ धन
सबै थोक छ शहरमा
मर्न पनि भ्याइन्न झैँ हतारो छ सधैँको
मर्न पनि भ्याइन्न झैँ हतारो छ सधैँको
कसैलाई चासो छैन आफ्नो बाहेक कसैको
प्राप्ति हो कि समाप्ति हो शहरको जिन्दगी
खोज्दा खोज्दै सुख शान्ति मान्छे भा’छ बन्धकी
सबै थोक छ शहरमा मान्छे चाहिँ आधी भो
त्यही आधी मान्छे पनि मेसिनको लागि भो
सबै थोक छ शहरमा
शब्दः दिनेश अधिकारी
सङ्गीतः शक्ति बल्लभ
स्वरः योगेश वैद्य