चोट दिलमै रात दिन लुकाई आँशु झार्दछु
जिन्दगीभर आफ्नो तक्दिर तौल गर्दै राख्दछु
चोट दिलमै रात दिन
पार टुक्रा यो कलेजा गर्नु सम्मन जे गर, जे गर
पार टुक्रा यो कलेजा गर्नु सम्मन जे गर, जे गर
आफ्नो बर्बादीको शिकवाको मुखमा किन ल्याउँछु
चोट दिलमै रात दिन
गर्दिन फरियाद ओठले चाहे जति दुश्मन बनुन, दुश्मन बनुन
गर्दिन फरियाद ओठले चाहे जति दुश्मन बनुन, दुश्मन बनुन
दर्द दिन्छौ त म झन् झन् दिलमा अपनाउँछु
चोट दिलमै रात दिन
शब्दः म. बि. बि. शाह
सङ्गीतः नातिकाजी
स्वरः योगेश वैद्य