तिमीले सोचे जति, तिमीले भने जति
कहाँ छ सजिलो जीवन, तिमीले बुझे जति
तिमीले सोचे जति, तिमीले भने जति
कहाँ छ सजिलो जीवन, तिमीले बुझे जति
तिमीले सोचे जति
तिम्रोझै मेरो आकाश थिएन
तिम्रोझै मेरो आकाश थिएन
कति प्रश्नहरूको उत्तर थिएन
जीवनको अर्थ बेग्लै हुन्थ्यो कि
मनले देखेझै केही थिएन
तिमीले सोचे जति तिमीले भने जति
तिमी हिँड्ने बाटोमा घुम्ती थिएन
तिमी हिँड्ने बाटोमा घुम्ती थिएन
मेरोजस्तो मोडको गिन्ती थिएन
सायद भाग्यको खेल थियो कि
हाम्रो कथाको मिल्ती थिएन
तिमीले सोचे जति, तिमीले भने जति
कहाँ छ सजिलो जीवन, तिमीले बुझे जति
तिमीले सोचे जति, तिमीले भने जति
शब्दः राखी गौचन
सङ्गीत/स्वरः दीप श्रेष्ठ