मेरो प्रेमपत्रलाई बिर्सिएर कहीँ फाँली नदिनु
मेरो प्रेमको फूललाई धुलो सम्झी उडाइ नदिनु
मेरो प्रेमपत्रलाई
यी सारा जून तारा तिम्रै लागि नै उदाउँछन्
यी तारा, जून तारा तिम्रै लागि नै उदाउँछन्
सुन्दर ती फूलहरूले तिमीलाई नै सजाउँछन्
मेरो जीवनको बाटोभरि तिमी आई आई प्रकाश देऊ
मेरो प्रेमपत्रलाई बिर्सिएर कहीँ फाँली नदिनु
मेरो प्रेमपत्रलाई
मेरो गीतहरूमा सङ्गीत गुञ्जिरहोस् तिम्रो
मेरो गीतहरूमा सङ्गीत गुञ्जिरहोस् तिम्रो
मेरो यो मुटुभित्र तस्वीर छाओस् तिम्रो
मेरो परेलीभित्र तिमी छायाँ छायाँ बनेर आऊ
मेरो प्रेमपत्रलाई बिर्सिएर कहीँ फाँली नदिनु
मेरो प्रेमको फूललाई धुलो सम्झी उडाइ नदिनु
मेरो प्रेमपत्रलाई
शब्दः अकिल शाह
सङ्गीतः नातिकाजी
स्वरः प्रेमध्वज प्रधान