ए मलाई माया गर्छु भन्ने हजुर
कहिले माया पनि देखाउने गर
तिम्रो टाढाको म्वाइँ पुगेन मलाई
बरु आइ मलाई सताउने गर
ए मलाई माया गर्छु भन्ने हजुर
कहिले माया पनि देखाउने गर
तिम्रो टाढाको म्वाइँ पुगेन मलाई
बरु आइ मलाई सताउने गर
तिमी उड्यौ कता कता सारा रङ्ग उड्यो
मन मेरो कता कता देह छाडी उड्यो
तिमी उड्यौ कता कता सारा रङ्ग उड्यो
मन मेरो कता कता देह छाडी उड्यो
व्यर्थै व्यर्थै तिमीले फाल्ने घडी
अलि मसित पनि बिताउने गर
तिम्रो टाढाको म्वाइँ पुगेन मलाई
बरु आइ मलाई सताउने गर
मान्छे के के भन्छन् मलाई मनले के के भन्छ
तिम्रा सारा यादहरू मलाई मार्छु भन्छ
मान्छे के के भन्छन् मलाई मनले के के भन्छ
तिम्रा सारा यादहरू मलाई मार्छु भन्छ
मेरो निम्ति मर्छु बाँच्छु भन्ने हजुर
मेरो यादसम्म त बचाउने गर
तिम्रो टाढाको म्वाइँ पुगेन मलाई
बरु आइ मलाई सताउने गर
ए मलाई माया गर्छु भन्ने हजुर
कहिले माया पनि देखाउने गर
तिम्रो टाढाको म्वाइँ पुगेन मलाई
बरु आइ मलाई सताउने गर
शब्द/सङ्गीत: गोपाल योञ्जन
स्वरः इन्दिरा मास्के