बर्को उनको तलै…..

बर्को उनको तलै झर्यो कि, झर्यो कि?
हावा पापी, गर्नु गर्यो कि?
आँखा लोभी उतै पर्यो कि?
बर्को उनको तलै झर्यो कि?
बर्को उनको तलै सर्यो कि?
बर्को उनको तलै झर्यो कि?
बर्को उनको तलै झर्यो कि?

लजाएर रिसाएझैँ मन्टो तल फेरिन्
नहेरेझैँ गरी गरी चोरीचोरी हेरिन्
पल्लो तिर आँखा जुध्यो कि?
मनको कुरा सबै खुल्यो कि?
बर्को उनको तलै सर्यो कि?
बर्को उनको तलै झर्यो कि?
बर्को उनको तलै झर्यो कि?

आँखा तरी झस्किएर उनी उता लागिन्
मुटुभरि आँधी बोकी कुन्नि कता भागिन्
रिसाएर हिस्सी पर्यो कि?
मुहारमा गुराँस फुल्यो कि?
बर्को उनको तलै सर्यो कि?
बर्को उनको तलै झर्यो कि?
बर्को उनको तलै झर्यो कि?

पर पर जाऊँ जति पछि पछि आउँछ
सपनीमा पनि उहीँ अनुहार च्याउँछ
असत्तीले मनै चोर्यो कि?
त्यो आँखाले टुना गर्यो कि?
बर्को उनको तलै सर्यो कि?
बर्को उनको तलै झर्यो कि?
बर्को उनको तलै झर्यो कि?
बर्को उनको तलै झर्यो कि, झर्यो कि?
हावा पापी, गर्नु गर्यो कि?
आँखा लोभी उतै पर्यो कि?
बर्को उनको तलै झर्यो कि?
बर्को उनको तलै सर्यो कि?
बर्को उनको तलै झर्यो कि?
बर्को उनको तलै झर्यो कि?

शब्दः काली प्रसाद रिजाल
सङ्गीत/स्वरः प्रेमध्वज प्रधान

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!