यो जनममा………

यो जनममा भेट नभए
अर्को जनममा भेटुँला
मनमा उठेको ज्वालालाई
अर्को जनममा निभाउँला
अर्को जनममा निभाउँला

पाएको मैले दिल यो तिम्रो साँची साँची राख्ने छु
दिएको तिमीलाई दिल यो मेरो आज तिमीलाई सुम्पन्छु
बहार आएथ्यो एकदिन
किन कसैले सहेन
किन कसैले सहेन

प्रीतिको लामो पथमा साथै हिँड्ने वादा थियो
निरस आयो आशमा जिन्दगी नै गई गयो
जीवन यस्तै रहेछ
अब यहाँ कोही रहेन
अब यहाँ कोही रहेन
यो जनममा भेट नभए
अर्को जनममा भेटुँला
मनमा उठेको ज्वालालाई
अर्को जनममा निभाउँला
अर्को जनममा निभाउँला

शब्दः युधिर शम्शेर थापा
सङ्गीत/स्वरः प्रेमध्वज प्रधान

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण १४, २०८३
खसेको आँशु……
बिहीबार, श्रावण १४, २०८३
छैन जून …….
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
Archives
Categories
Recent Posts
खसेको आँशु……
बिहीबार, श्रावण १४, २०८३
छैन जून …….
बिहीबार, श्रावण १४, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
error: Content is protected !!