मखमली घामको झुल्का झुल्का मायालुलाई
मखमली घामको झुल्का झुल्का मायालुलाई
रङ्चङ्गी फूलको थुङ्गा थुङ्गा मायालुलाई
रङ्चङ्गी फूलको थुङ्गा थुङ्गा मायालुलाई
मखमली घामको झुल्का झुल्का मायालुलाई
मखमली घामको झुल्का झुल्का मायालुलाई
भेट हुँदा चुप लागि निदरीमा बोलाउने
भेट हुँदा चुप लागि निदरीमा बोलाउने
मेरा मीठा सपना जति परेलीमा सजाउने
परेलीमा सजाउने
भेट हुँदा चुप लागि निदरीमा बोलाउने
मेरा मीठा सपना जति परेलीमा सजाउने
परेलीमा सजाउने
गहिरो माया नसिलो छायाँ
झिलीमिली आकाशको जून तारा मायालुलाई
झिलीमिली आकाशको जून तारा मायालुलाई
मखमली घामको झुल्का झुल्का मायालुलाई
मखमली घामको झुल्का झुल्का मायालुलाई
दिलमा लगाई काउकुती आँखाभरि मुस्काउने
दिलमा लगाई काउकुती आँखाभरि मुस्काउने
चुल्ठी फुकाई यता उति नशा छरी लजाउने
नशा छरी लजाउने
दिलमा लगाई काउकुती आँखाभरि मुस्काउने
चुल्ठी फुकाई यता उति नशा छरी लजाउने
नशा छरी लजाउने
सुनको बाला मोतीको माला
कुमारी वसन्तको मुना मुना मायालुलाई
कुमारी वसन्तको मुना मुना मायालुलाई
मखमली घामको झुल्का झुल्का मायालुलाई
मखमली घामको झुल्का झुल्का मायालुलाई
सुरिलो गीत रसिलो प्रीत
रङ्चङ्गी फूलको थुङ्गा थुङ्गा मायालुलाई
रङ्चङ्गी फूलको थुङ्गा थुङ्गा मायालुलाई
मखमली घामको झुल्का झुल्का मायालुलाई
मखमली घामको झुल्का झुल्का मायालुलाई
मखमली घामको झुल्का झुल्का मायालुलाई
शब्दः रत्नशम्शेर थापा
सङ्गीत/स्वरः प्रेमध्वज प्रधान