गुराँस फूलको वैशाखी मूलको अँजुली भरेर
गुराँस फूलको वैशाखी मूलको अँजुली भरेर
म तिम्रो गाउँ भन कि आऊँ खडेरी तरेर
गुराँस फूलको बैवैशाखी मूलको अँजुली भरेर
तिर्खाको नदी उकालो बग्छ पर्वतमा चुलिन्छ
तिर्खाको नदी उकालो बग्छ पर्वतमा चुलिन्छ
टाकुरा छुने रहरभरि कसरी भुलिन्छ
घामको तीरले किरणको झिरले भुइँ बादल चिरेर
म तिम्रो गाउँ भन कि आऊँ खडेरी तरेर
गुराँस फूलको वैशाखी मूलको अँजुली भरेर
घिनको विषले बिझाउँछ आँखा दुनियाँ धमिलो
घिनको विषले बिझाउँछ आँखा दुनियाँ धमिलो
प्रीतिको रसले भिजाउँछ आँखा पखाल्छ मन मैलो
दुःखको आँशु म सोसिलिऊँ मनले चुमेर
म तिम्रो गाउँ भन कि आऊँ खडेरी तरेर
गुराँस फूलको वैशाखी मूलको अँजुली भरेर
शब्द/सङ्गीत: पुस्कर पराजुली
स्वरः दिपक खरेल