निर्दोषी नयनहरूका………..

निर्दोषी नयनहरूका के दोष नै छ र
गाजलु आँखाभरि आँशु झारेर बाँच्नु पर्ने
न्यानो घाम अब लाग्ने छैन के भन्नु
क्षीतिजमा भोलि उज्यालो हुँदैन र
कसले भोलि देखेको छ र
कसले भोलि देखेको छ र

भविष्य भन्नु त के भाग्यलाई कसले बुझेको छ र
पालेको मनमा खुशीयालीहरू रित्तिए के सोच्नु
हेर्दा हेर्दै मौका आउँछ कसलाई पर्खेको छ र
छेक्दा छेक्दै बगेको खोला कहिले फर्केको छ र
कसले भोलि देखेको छ र
कसले भोलि देखेको छ र

वीरले त सम्हाली हिँड्छ काँडाको यात्रा पनि
मनै छुने गुलाफ मात्र कहिले रोएको छ र
अँगाल ती फुस्रा अधरमा रङ्गिन मुस्कानहरू
वनै ढाक्ने लालीबिना गुराँस खुलेको छ र
कसले भोलि देखेको छ र
कसले भोलि देखेको छ र
निर्दोषी नयनहरूका के दोष नै छ र
गाजलु आँखाभरि आँशु झारेर बाँच्नु पर्ने
न्यानो घाम अब लाग्ने छैन के भन्नु
क्षीतिजमा भोलि उज्यालो हुँदैन र
कसले भोलि देखेको छ र
कसले भोलि देखेको छ र
कसले भोलि देखेको छ र

शब्दः जि. शाह
सङ्गीत: दिपक जंगम
स्वरः दिपक खरेल

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!