मेरो गीत मन पराउँछौ, मेरो गीत तिमी सुन्छौ

थाहा पाउँदिनौ तर त्यही गीतमा तिमी हुन्छौ
मेरो गीत मन पराउँछौ
जुन आँखाको वर्णन गर्छु तिम्रै हुन् ती आँखाहरू
जुन भाकाले बाँधिन्छु म तिम्रै हुन् ती भाकाहरू

हराएर तालहरूमा तिमी के के रहर बुन्छौ
थाहा पाउँदिनौ तर तालैभरि तिमी हुन्छौ
मेरो गीत मन पराउँछौ, मेरो गीत तिमी सुन्छौ
थाहा पाउँदिनौ तर त्यही गीतमा तिमी हुन्छौ
मेरो गीत मन पराउँछौ
शब्दभरि तिम्रै रूप तिम्रै रङ्ग हुन्छ
त्यही रूप रंगले फेरि तिम्रै मुटु छुन्छ
शब्दभरि तिम्रै रूप तिम्रै रङ्ग हुन्छ
त्यही रूप रंगले फेरि तिम्रै मुटु छुन्छ
कति मीठो धुन रैछ आफैसित तिमी भन्छौ
थाहा पाउँदिनौ तर त्यही धुनमा तिमी हुन्छौ
मेरो गीत मन पराउँछौ, मेरो गीत तिमी सुन्छौ
थाहा पाउँदिनौ तर त्यही गीतमा तिमी हुन्छौ
मेरो गीत मन पराउँछौ
शब्दः विजय शिवाकोटी
सङ्गीतः दिपक जंगम
स्वरः दिपक खरेल