छ कामना त्यो जिन्दगी मलाई जिउन देऊ
कठोर दुःख नै सही झुमेर पिउन देऊ
छ कामना त्यो जिन्दगी मलाई जिउन देऊ
कठोर दुःख नै सही झुमेर पिउन देऊ
त्यो झिलमिली कुनै नहोस् एकान्त मौन होस्
त्यो झिलमिली कुनै नहोस् एकान्त मौन होस्
एकान्त मौन होस्
यो च्यातिएको जिन्दगी मलाई सिउन देऊ
कठोर दुःख नै सही झुमेर पिउन देऊ
यति म प्रेम गर्छु कि यो जिन्दगीसित
यति म प्रेम गर्छु कि यो जिन्दगीसित
यो जिन्दगीसित
त्यो आगो नै भए पनि मलाई अँगाल्न देऊ
कठोर दुःख नै सही झुमेर पिउन देऊ
छ कामना त्यो जिन्दगी मलाई जिउन देऊ
कठोर दुःख नै सही झुमेर पिउन देऊ
शब्दः दुर्गालाल श्रेष्ठ
सङ्गीतः न्ह्यु बज्रचार्य
स्वरः दिपक खरेल