बनेर अन्धो नहिँड बटुवा
अड्चन छ कैयौ तिम्रो अगाडि
कही छ काँडा कही छ नाला
कही त समथल विकट पहाडी
सुनिन्छ काही करूण पुकार
कही त खित्का फोहरा अपार
किन दैव तिम्रो संसार यस्तो
कही छ रमझम कही उजाड
बनेर अन्धो नहिँड बटुवा
प्रत्येक हर पग विचारी चाल
देखेर संकट मन यो नफेर
दुःख सुख जीवनसाथी
घाम र छायाँ जस्तै हो हेर
हाँसो र आँशुको कारण मनै हो
भित्री नजरले कमी निहार
यही हो संसारी रीति रिवाज
सङ्घर्षमय छ हाम्रो पियार
बनेर अन्धो नहिँड बटुवा
दुई चार दिनैको यो जिन्दगानी
पाप र पुण्य हो खाली कहानी
सक्दो सुकर्मको जेथा जुटाइ
जानु छ देह यो यही बिसाइ
जाने के हो त्यो किन जान्छ छाडी
यसको पो थाहा लाउनु छ भाइ
तर देह पायौ यसैको लागि
भन नत्र लग्छौ अरू के छुपाइ
बनेर अन्धो नहिँड बटुवा
अड्चन छ कैयौ तिम्रो अगाडि
कही छ काँडा कही छ नाला
कही त समथल विकट पहाडी
बनेर अन्धो नहिँड बटुवा
शब्द/संगीत/स्वरः विनायक शम्शेर