निष्ठुरी नियतिले खोसी लग्यो फूल
निष्ठुरी नियतिले खोसी लग्यो फूल
इन्द्रेणीको रङ्ग चुनी मोति बुन्ने राजा
राजा राजा राजा
निष्ठुरी नियतिले खोसी लग्यो फूल
धर्तीभरि फूलपाती हुनु पर्थ्यो यहाँ
अजम्बरी माया धेरै लाउनु पर्थ्यो यहाँ
धर्तीभरि फूलपाती हुनु पर्थ्यो यहाँ
अजम्बरी माया धेरै लाउनु पर्थ्यो यहाँ
तिम्रो हाम्रो साझा माटो पसिनाले भिज्दा
तिम्रो हाम्रो साझा माटो पसिनाले भिज्दा
उज्यालोको समारोह सज्नु पर्थ्यो राजा
खोला नाला लहरले बुन्ने गीतजस्तो
स्वर्गबाट आँगनमा डून झरेजस्तो
खोला नाला लहरले बुन्ने गीतजस्तो
स्वर्गबाट आँगनमा डून झरेजस्तो
तिम्ले हाम्ले माया गर्ने किरणको बस्ती
तिम्ले हाम्ले माया गर्ने किरणको बस्ती
यसै धर्ती नेपालमा बस्नु पर्थ्यो राजा
निष्ठुरी नियतिले खोसी लग्यो फूल
इन्द्रेणीको रङ्ग चुनी मोति बुन्ने राजा
राजा राजा राजा
निष्ठुरी नियतिले खोसी लग्यो फूल
शब्दः ईश्वर वल्लभ
संगीतः शुभ बहादुर सुनाम
स्वरः रबिन शर्मा