थाहै थिएन दिल आगोबिना नै जल्दो रहेछ
थाहै थिएन दिल आगोबिना नै जल्दो रहेछ
थाहै थिएन मायाले
थाहै थिएन मायाले पनि पोल्दो रहेछ
थाहै थिएन दिल आगोबिना नै जल्दो रहेछ
ऐना एउटै भए पनि तस्वीर बदलिदो रहेछ
ऐना ऐना
ऐना एउटै भए पनि तस्वीर बदलिदो रहेछ
माया एउटै भए नि मायालु बदलिदो रहेछ
थाहै थिएन माया साह्रै सस्तो हुँदो रहेछ
थाहै थिएन मायाले
थाहै थिएन मायाले पनि पोल्दो रहेछ
थाहै थिएन दिल आगोबिना नै जल्दो रहेछ
हाँसेर बोले पनि मनमा खोट रहेछ
मनमा मनमा
हाँसेर बोले पनि मनमा खोट रहेछ
उनको आगमन त देखावटी रहेछ
थाहै थिएन जिन्दगी एक नाटक मात्र रहेछ
थाहै थिएन मायाले
थाहै थिएन मायाले पनि पोल्दो रहेछ
थाहै थिएन दिल आगोबिना नै जल्दो रहेछ
थाहै थिएन मायाले पनि पोल्दो रहेछ
थाहै थिएन दिल आगोबिना नै जल्दो रहेछ
आगोबिना नै जल्दो रहेछ
आगोबिना नै जल्दो रहेछ
शब्द : बद्री बहादुर थापा
संगीत : नातिकाजी
स्वर : प्रदिपराज पाण्डे