मुहारलाई पछ्यौरीमा लुकाई नराखे
आँखा लाग्ला है, आँखा लाग्ला है
मुहारलाई पछ्यौरीमा लुकाई नराखे
आँखा लाग्ला है, आँखा लाग्ला है
लहराले बोलाउँला अँगालोमा है
लहराले बोलाउँला अँगालोमा है
बैँसको हिस्सी वसन्तले हेरी
बैँसको हिस्सी वसन्तले हेरी
बाह्रै महिना लोभिएर ल है माया निहुरिएर
पछि लाग्ला है, पछि लाग्ला है
मुहारलाई पछ्यौरीमा लुकाई नराखे
आँखा लाग्ला है, आँखा लाग्ला है
छहराले फकाउँला सुसेलोमा है
छहराले फकाउँला सुसेलोमा है
हाँसोमा मस्की जिस्किदै फूल
हाँसोमा मस्की जिस्किदै फूल
नजर त्यो लोलाउँदै, कम्मर त्यो डोलाउँदै
नाचिर’ला है, नाचिर’ला है
मुहारलाई पछ्यौरीमा लुकाई नराखे
आँखा लाग्ला है आँखा लाग्ला है
मुहारलाई पछ्यौरीमा लुकाई नराखे
आँखा लाग्ला है, आँखा लाग्ला है
आँखा लाग्ला है
शब्दः रत्न शम्शेर थापा
संगीत/स्वरः प्रेमध्वज प्रधान