देख्दछु म हर घडी जो आँखामा हजुरको
मेरो लागि हो न हो त्यो प्यार त जरूर हो
प्यार त जरूर हो
देख्दछु म हर घडी जो आँखामा हजुरको
लाग्छ ओठको त्यो रङ्ग गीतको किताब हो
त्यो लजाइपन मेरै प्रश्नको जवाफ हो
लाग्छ ओठको त्यो रङ्ग गीतको किताब हो
त्यो लजाइपन मेरै प्रश्नको जवाफ हो
प्रश्नको जवाफ हो
देख्दछु म हर घडी जो आँखामा हजुरको
मेरो लागि हो न हो त्यो प्यार त जरूर हो
प्यार त जरूर हो
देख्दछु म हर घडी जो आँखामा हजुरको
कति मीठो हिस्सी र मोहनी मुहारमा
यति राम्रोसँग फूलै फुल्दैन बहारमा
कति मीठो हिस्सी र मोहनी मुहारमा
यति राम्रोसँग फूलै फुल्दैन बहारमा
फुल्दैन बहारमा
देख्दछु म हर घडी जो आँखामा हजुरको
मेरो लागि हो न हो त्यो प्यार त जरूर हो
प्यार त जरूर हो
देख्दछु म हर घडी जो आँखामा हजुरको
शब्दः राममान तृषित
संगीतः शिव शंकर मानन्धर
स्वरः प्रेमध्वज प्रधान