तिमीलाई अचेल……….

तिमीलाई अचेल कहाँ भेटुँ
पहरामा भेटुँ या छहरामा भेटुँ
तिमीलाई अचेल कहाँ भेटुँ
पहरामा भेटुँ या छहरामा भेटुँ
कि दिल हर्ने त्यो फूलको लहरामा भेटुँ
तिमीलाई अचेल कहाँ भेटुँ

नभेटुँ कतै यो मनमा हलचल
नदेखुँ कतै नीदमा खलबल
नभेटुँ कतै यो मनमा हलचल
नदेखुँ कतै नीदमा खलबल
दुवैको तिर्खा कहाँनिर मेटुँ
अघाउन्जेल हेर्न दोबाटोमा भेटुँ
तिमीलाई अचेल कहाँ भेटुँ

अधरमा फुल्ने गीत हौ तिमी
नजरमा भुल्ने प्रीत हौ तिमी
अधरमा फुल्ने गीत हौ तिमी
नजरमा भुल्ने प्रीत हौ तिमी
तिमीलाई मीठो धुनमा सुनुँ
तिमीलाई उजेँलो हिउँमा देखुँ
तिमीलाई अचेल कहाँ भेटुँ
पहरामा भेटुँ या छहरामा भेटुँ
तिमीलाई अचेल कहाँ भेटुँ
पहरामा भेटुँ या छहरामा भेटुँ
कि दिल हर्ने त्यो फूलको लहरामा भेटुँ
तिमीलाई अचेल कहाँ भेटुँ

शब्दः गगन विरही
संगीतः राम थापा
स्वरः प्रेमध्वज प्रधान

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!