तिम्रो मेरो जिन्दगानी आँखाभरि पानी
मुटुभरि घाउ घाउ घाइते जवानी
तिम्रो मेरो जिन्दगानी आँखाभरि पानी
मुटुभरि घाउ घाउ घाइते जवानी
तिम्रो मेरो जिन्दगानी
खोलावारि खोलापारि बाँचिरैछौ हामी
जता खोला उतैतिर भागिरैछौ हामी
खोलावारि खोलापारि बाँचिरैछौ हामी
जता खोला उतैतिर भागिरैछौ हामी
सँगै हिँडिरहेका छौ बिना चिनाजानी
मुटुभरि घाउ घाउ घाइते जवानी
तिम्रो मेरो जिन्दगानी
भिरालोमा फुलिदियौ टिप्नै सकिएन
तिमीबिना मर्न बाँच्न पनि सकिएन
भिरालोमा फुलिदियौ टिप्नै सकिएन
तिमीबिना मर्न बाँच्न पनि सकिएन
माया गर्नु पनि हुँदो रैछ नादानी
मुटुभरि घाउ घाउ घाइते जवानी
तिम्रो मेरो जिन्दगानी
आकाशमा बादल रुन्छ छायाँ धर्तीमा
यस्तो पनि हुँदो रैछ माया पिरतीमा
आकाशमा बादल रुन्छ छायाँ धर्तीमा
यस्तो पनि हुँदो रैछ माया पिरतीमा
ईश्वरले पनि गर्दो रैछ बेइमानी
मुटुभरि घाउ घाउ घाइते जवानी
तिम्रो मेरो जिन्दगानी आँखाभरि पानी
मुटुभरि घाउ घाउ घाइते जवानी
तिम्रो मेरो जिन्दगानी
शब्द/संगीतः भीम विराग
स्वरः प्रेमध्वज प्रधान