कही तिमीलाई नदेखेको भए पनि हुन्थ्यो
त्यो लजालु आँखाले मलाई नछोएको भए पनि हुन्थ्यो
यसै पनि रुखो छ जिन्दगी
उसे पनि फिक्का जिन्दगी
त्यो मुस्कानको रङ्ग मलाई नपोखेको भए पनि हुन्थ्यो
कही तिमीलाई
बल्झिएर मैले धेरै पाइलाहरू हिँडिसकेँ
सल्किएर मैले धेरै आगोहरू तरिसकेँ
हिँड्दा हिँड्दै दोबाटोमा तर मायालु आज कतै
कही तिम्रो कदमहरू नसुनेको भए हुन्थ्यो
यसै पनि रुखो छ जिन्दगी
उसे पनि फिक्का जिन्दगी
कही तिमीलाई
म जमे पनि अरे हृदयको कुनातिर
म झरे पनि अरे शीतझै हरियो मुनातिर
तिम्रो नशालु ओठदेखि यो विरान जिन्दगीमा
कही कतै एकान्तमा नहाँसेको भए पनि हुन्थ्यो
यसै पनि रुखो छ जिन्दगी
उसे पनि फिक्का जिन्दगी
कही तिमीलाई नदेखेको भए पनि हुन्थ्यो
त्यो लजालु आँखाले मलाई नछोएको भए पनि हुन्थ्यो
यसै पनि रुखो छ जिन्दगी
उसे पनि फिक्का जिन्दगी
त्यो मुस्कानको रङ्ग मलाई नपोखेको भए पनि हुन्थ्यो
कही तिमीलाई
शब्दः नोर्देन रूम्बा
संगीतः वसन्त क्षेत्री
स्वरः पवन गोले