गोरेटो त्यो……….

गोरेटो त्यो गाउँको लौन आज खोजी खोजी थाक्ने
पहिल्याउन सकिनँ, पहिल्याउन मैले सकिनँ

एकलास वनमाझ
बिराई बाटो आज
अलमलिएँ लौन म त
अलमलिएँ लौन म त
आवाज नपाई मायालु तिम्रो
आवाज नपाई मायालु तिम्रो वनदेवी भाक्ने
पहिल्याउन सकिनँ, पहिल्याउन मैले सकिनँ

झमक्क पऱ्यो रात
कहाँ बस्ने हो आज बास
एक्लो भएँ लौन म त
एक्लो भएँ लौन म त
खबर नपाई मायालु तिम्रो
खबर नपाई मायालु तिम्रो दोधारैमा पर्ने
पहिल्याउन सकिनँ, पहिल्याउन मैले सकिनँ
गोरेटो त्यो गाउँको लौन आज खोजी खोजी थाक्ने
पहिल्याउन सकिनँ, पहिल्याउन मैले सकिनँ
पहिल्याउन मैले सकिनँ, पहिल्याउन मैले सकिनँ

शब्दः रत्न शम्शेर थापा
संगीत: प्रेम-माणिक
स्वरः प्रेमध्वज प्रधान

 

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण १४, २०८३
खसेको आँशु……
बिहीबार, श्रावण १४, २०८३
छैन जून …….
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
Archives
Categories
Recent Posts
खसेको आँशु……
बिहीबार, श्रावण १४, २०८३
छैन जून …….
बिहीबार, श्रावण १४, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
error: Content is protected !!