फूलको बयानमा काँडाको पनि नाम आउँछ
यस्तो कतै चर्चा चले तिम्रो त्यसै याद आउँछ
फूलको बयानमा काँडाको पनि नाम आउँछ
मिलनको मौसममा बिछोड भुलेछु
बहारको रमझममा पतझड भुलेछु
मिलनको मौसममा बिछोड भुलेछु
बहारको रमझममा पतझड भुलेछु
पतझड र बिछोडको के कुरा
आजभोलि आफैलाई भुलेछु
आजभोलि आफैलाई भुलेछु
फूलको बयानमा काँडाको पनि नाम आउँछ
यस्तो कतै चर्चा चले तिम्रो त्यसै याद आउँछ
फूलको बयानमा काँडाको पनि नाम आउँछ
खसेको ताराझै आकाश हेरेछु
आज घाउपछि मात्र काँडा देखेछु
खसेको ताराझै आकाश हेरेछु
आज घाउपछि मात्र काँडा देखेछु
यति लामो बाटो नाघिसकेँ
अब मुटु छाम्न पुगेछु
अब मुटु छाम्न पुगेछु
फूलको बयानमा काँडाको पनि नाम आउँछ
यस्तो कतै चर्चा चले तिम्रो त्यसै याद आउँछ
फूलको बयानमा काँडाको पनि नाम आउँछ
शब्दः रत्न शम्शेर थापा
संगीतः शिवशंकर मानन्धर
स्वरः प्रेमध्वज प्रधान