फुर्सद भए आऊ छेऊ बस यहाँ
सुन भन केही बोल मन खोली देखाऊ यहाँ
सुन भन केही बोल मन खोली देखाऊ यहाँ
फुर्सद भए आऊ छेऊ बस यहाँ
सुन भन केही बोल मन खोली देखाऊ यहाँ
सुन भन केही बोल मन खोली देखाऊ यहाँ
चार दिनको जीवन हो हाँस्ने बेला थोरै छ
मनले इच्छा गरे फुर्सद अघोरै छ
चार दिनको जीवन हो हाँस्ने बेला थोरै छ
मनले इच्छा गरे फुर्सद अघोरै छ
लुकाइ राखेको किन, छुपाइ राखेको किन
अधरको जाइफूल सुकाइ राखेको किन
सुन भन केही बोल मन खोली देखाऊ यहाँ
सुन भन केही बोल मन खोली देखाऊ यहाँ
त्यसै हाँस्ने ओठहरू, त्यसै हाँस्ने आँखाहरू
छल्किएको जस्तो लाग्यो नअटाइ कुराहरू
त्यसै हाँस्ने ओठहरू, त्यसै हाँस्ने आँखाहरू
छल्किएको जस्तो लाग्यो नअटाइ कुराहरू
नपोखेको किन होला, नबोलेको किन होला
मनको रहर सबै नखोलेको किन होला
सुन भन केही बोल मन खोली देखाऊ यहाँ
सुन भन केही बोल मन खोली देखाऊ यहाँ
फुर्सद भए आऊ छेऊ बस यहाँ
सुन भन केही बोल मन खोली देखाऊ यहाँ
सुन भन केही बोल मन खोली देखाऊ यहाँ
शब्दः राजेन्द्र थापा
संगीतः शिव शंकर मानन्धर
स्वरः प्रेमध्वज प्रधान