मेरो आँखामा नीद छैन भने ए दिन रात बोलाइ नजाइदेऊ
रातको शून्य डाकी तिमी मेरो मन दुखाई नगाइदेऊ

मेरो आँखामा
तिम्रो उज्यालो किरण समेटी मैले धेरै विश्वास संगालेको छु

कल्पनाको रङ्गीन संसारमा सन्ध्या बोलाइ नगाइदेऊ
मेरो आँखामा नीद छैन भने ए दिन रात बोलाइ नजाइदेऊ
रातको शून्य डाकी तिमी मेरो मन दुखाई नगाइदेऊ
मेरो आँखामा
तिम्रो न्यानो घामले मेरो अहिलेसम्म जीवन अडेकै छ

अनुरोध मेरो स्वीकारी निशा बोलाइ नगाइदेऊ
मेरो आँखामा नीद छैन भने ए दिन रात बोलाइ नजाइदेऊ
रातको शून्य डाकी तिमी मेरो मन दुखाई नगाइदेऊ
शब्दः उदय शम्शेर
संगीतः पेग्गी पाण्डे
स्वरः प्रेमध्वज प्रधान